Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

tribeni2

 सल्यान /  सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान ६ बजेतिर भे १ ज ३३६ नम्बरको जीप शारदा नगरपालिका वडा नं १ को दारिमचौरस्थित कच्ची सडकदुर्घटना हुँदा सहचालक १८ वर्षीय नारायण वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शारदा नगरपालिका–१ दारिमचौरबाट श्रीनगर तर्फ आउँदै गरेको जिप सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक अर्जुन पौडेलले बताउनुभयो ।

दुर्घटनामा गाडी चालक २१ वर्षीय थलराज वलीलाई भने सामान्य चोट मात्रै लागेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १०:०४
प्रतिक्रिया दिनुहोस्