Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुथाका ५ हजार ५९१ जना बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने

२०७८ चैत २२
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका ५ हजार ५९१ जना बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाईने भएको छ । आज गाउँपालिकामा भएको टाइफाइड खोप सम्बन्धिको अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी गराईएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाले तकसेरामा एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका जनप्रतीनिधी र खोपकर्ता स्वास्थ्यकर्मीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

अभिमुखीकरण कार्यक्रममा उपस्थित जनप्रतीनिधी र स्वास्थ्यकर्मीहरुलाई टाइफाइड रोग, रोग लाग्नुको कारण, यसका लक्षण लगाएतका विषयमा जानकारी गराइएको छ । गाउँपालिका केन्द्रमा तोकिएका खोपकेन्द्र, खटिने स्वास्थ्यकर्मी, स्वयमसेवक लगाएतको विषयमा पनि छलफल तथा जानकारी गराइएको छ ।

कार्यक्रमको सहजिकरण गाउँपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक कलिभान विष्ट र स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक यादवप्रसाद शर्माले गर्नुभएको थियो ।

पुथा उत्तरगंगा गाउँपालिकामा ६१ वटा खोपकेन्द्रबाट टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिदै छ । यस गाउँपालिकाका १५ महिनादेखि १५ वर्षसम्मका ५ हजार ५ सय ९१ जना बालबालिकालाई खोप लगाइने बताइएको छ ।

चैत्रको २५ गतेबाट वैशाख १८ गतेसम्म देशव्यापी रुपमा चल्ने टाइफाइड बिरुद्धको खोप अभियानमा १५ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाइदै छ । यसै क्रममा जिल्लामा पनि यहि चैत्रको २५ गतेबाट २९ गतेसम्म खोप अभियान सञ्चालन गरिदै छ ।

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  २१:०४
प्रतिक्रिया दिनुहोस्