Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एउटै वडाबाट तीन सय क्विन्टल बेसार बिक्रि

किसानलाई उत्पादनमा जोड्ने स्थानीय सरकारको योजना
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक वडाका किसानले उत्पादन गरेको तीन सय क्विन्टल बेसार बारीबाटै बिक्रि भएको भएको छ ।

गाउँपालिकाको ६ मग्मा स्याला गाउँका किसानले उत्पादन गरेको तीन सय क्विन्टल बेसार बिक्रि भएको हो ।

उक्त वडाका वडा सदस्य तथा किसान नरमा पुनका अनुसार गाउँका १० किसानले उत्पादन गरेको बेसार बारीबाटै बिक्रि भएको हो । उहाँले प्रति क्विन्टल १२ हजारका दरले सुकाएको बेसार बिक्रि भएको बताउँनुभयो । किसानलाई उत्पादनका काममा लाग्न स्थानीय सरकारले सहजिकरण गरिरहेको उहाँले समेत वडा सदस्य पुनले जानकारी दिनुभयो ।

स्थानीय किसान सीता कुसारीले गत बर्ष वडा सरकारले आफूहरुलाई बेसार खेतीका लागि निशुल्क बीउ दिएको र त्यसैबाट उत्पादन गरिएको बेसार बजारमा गएको जानकारी दिनुभयो । ‘सरकारले हामीलाई निशुल्क बीउ दिएर उत्पादनमा लाग्न बाटो देखायो,’ कुसारीले भन्नुभयो ‘मेहेनतले फलाएको बेसार बारीबाटै बिक्रि हुँदा थप खुशि भएका छौ ।’

अर्का किसान मनबहादुर कुसारीले आफुले उत्पादन भएको बेसार समयमै बिक्रि हुँदा खुशि भएको बताउँनुभयो । उहाँले यसरी बेसारले बजार पाउँदा उत्पादनको कार्यमा लाग्न आफुलाई थप हौसला मिलेको समेत प्रतिक्रिया दिनुभयो । उत्पादनले बजार पाउँदा किसानले आर्थिक लाभ लिने र उत्पादन बृद्धिमा केन्द्रीत हुने समेत उहाँको भनाई छ ।

ढुवानीका लागि तयार पारिएको बेसार

गाउँमा उत्पादन भएको बेसार स्थानीय व्यापारीले आफै ढुवानी गरेर लिएका हुन् ।

उत्पादन गरेर बारीमा सुकाएको बेसारबाट किसानले उचित मुल्य पाएको वडा अध्यक्ष मनोज अधिकारीले बताउँनुभयो । उहाँले वडा कार्यालयको पहलमा गत बर्ष १० जना स्थानीय किसानलाई बेसार खेतीका लागि निशुल्क बीउ वितरण जनाउँनुभयो । ३१ क्विन्टल बीउबाट उत्पादन भएको तीन सय क्विन्टल बेसार बजारमा खपत भएकोले किसानहरुले आर्थिक उपार्जन गर्न सक्षम भएको वडा अध्यक्ष अधिकारीले उल्लेख गर्नुभयो । उहाँले यस बर्ष वडाको योजनामा बेसार धुल्याउने मेसिन खरिद गरेर गाउँबाटै बेसार बिक्रि गरिने बताउँनुभयो ।

किसानलाई उत्पादनका काममा र बजारीकरणमा नियमित सहयोग भएमा कृषिको व्यवसायीकरण हुने किसानहरु बताउँछन् । उनीहरुले आधुनिक कृषि सामाग्री, बीउ तथा मल खरिदमा सहयोग र सुनिश्चित बजारीकरणका लागि स्थानीय सरकारले सहयोग गर्ने आशा बोकेको बताए ।

फोटो सौजन्य : सम्कृती पुन

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  ०७:०४
प्रतिक्रिया दिनुहोस्