भरतपुर महानगर झगडा मिल्यो

चितवन ८ चैत ।

चितवनको भरतपुर महानगरपालिकामा मेयर र उपमेयरबिचको झगडा साम्य भएको छ । दुई जनाबिच आपसी सहमती गरेर झगडा टुंगाईएको हो ।

मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहबिच रहेको असमझदारी छताछुल्ल भएपछी संवादको प्रयास थालीएको थियो । दुवै जनाले विभिन्न विषयमा सहमति गरेसँगै विवाद टुंगीएको हो ।

दाहाल र साहले असमझदारीलाई संवादको माध्यमबाट समाधान गरी पुन त्यस्ता असमझदारी उत्पन्न हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरुको परिपुरक भूमिका हुने कुरालाई दृष्ट्रिगत गर्दै संबिधान, प्रचलित कानून र नीति तथा कार्यक्रमको मर्मअनुसार संलग्न सबैमा एउटै बुझाई गरिने सहमतिमा उल्लेख छ ।

यस्तै कार्यपालीका बैठक, कार्यपालिकाले गठन गरेको समितिहरुको बैठक संञ्चालन र निर्णयहरुको कार्यन्वयनलाई थप प्रभावकारी वनाउने, आबश्यकता अनुसार कार्यपालीका समितिहरु गठन गरीने, समितिहरु गठन गर्दा बिषय बिज्ञ तथा सन्तुलित प्रतिनिधित्वलाई सुनिश्चित गर्ने लगाएतका बुँदामा सहमति भएको प्रमुख दाहाल र उपप्रमुख शाहद्धारा संयुक्तरुपमा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरीएको छ ।

विज्ञप्तीमा महानगरपालीकामा रहेका विकास निर्माणका सम्भावना, हालसम्मको उपलव्धी र भावी कार्यदिसा सम्बन्धमा थप उर्जासिल र क्रियासिल भई व्यवस्थीत र समृद्ध महानगर बनाउने विषयमा एकाकार भएर अघि बढ्ने प्रतिवद्धता पनि जनाईएको छ । साथै दाहाल र साहले एक अर्काले रंग लगाएर सँगै होली खेलेको तस्विर पनि सामाजीक सञ्जाल मार्फत सार्वजनिक भएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५  ०७:०३
प्रतिक्रिया दिनुहोस्