Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमका पत्रकारहरुको आँखा जाँच हुँदै

tribeni2

रुकुम पश्चिम / रुकुममा क्रियाशिल पत्रकारहरुको आँखा जाँच हुने भएको छ । नेपाल पत्रकार महासंघ रुकुमको समन्वयमा भोलि शुक्रबार आँखा उपचार केन्द्र सल्लेमा पत्रकारहरुको निःशुल्क आँखा जाँच तथा उपचार शिविर हुने भएको हो ।

पत्रकार महासंघ रुकुमको छैटौं जिल्ला अधिबेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल एक वर्ष पुरा भएको अवसरमा आँखा जाँच तथा उपचार शिविर आयोजना गरिएको महासंघका अध्यक्ष लक्ष्मण केसीले बताउँनुभयो ।

आँखा उपचार केन्द्र सल्लेको सहयोगमा जिल्लामा क्रियाशिल संचारकर्मीहरुको लागि निःशुल्क आँखा जाँच तथा उपचार शिविर आयोजना गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो । आँखाको उपचार र औषधि निशुल्क हुने उहाँले बताउँनुभयो ।

सधै फ्रन्टलाईनमा रहेर काम गर्ने संचारकर्मीहरुको नियमित स्वास्थ्य जाँच आवश्यक रहेको र पत्रकारहरुले पेशागत व्यस्तताले आफ्नो स्वास्थ्यको ख्याल कमै मात्रामा गरेको पाईएकोले यस्तो कार्यक्रम गर्न लागिएको अध्यक्ष केसीले उल्लेख गर्नुभयो ।

पत्रकार महासंघले आँखा जाँच तथा उपचार शिविरमा उपस्थितिको लागि जिल्लामा क्रियाशिल पत्रकारहरुलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  ०९:०४
प्रतिक्रिया दिनुहोस्