Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा २७८ किमि सडक निर्माण, १८ किमि पिच

२०७८ चैत २४
tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका क्षेत्रमा हालसम्म २७८ किलोमिटर सडक निर्माण भएको छ । स्थानीय सरकार बनेदेखि गाउँपालिकामा २७८ किलोमिटर सडक बनाईएको हो ।

सानिभेरी गाउँपालिका ५ मा भएको जनता संवाद कार्यक्रममा गाउँपालिकाका प्रमुख नरबहादुर पुनले सो जानकारी दिनुभएको हो । जसमध्य १८ किलोमीटर पक्की भैसकेको, ४८ किलोमिटरको स्तरोन्नती गरिएको र बाँकि सडक कच्ची भएको पनि उहाँले बताउनुभयो ।

सानिभेरी गाउँपालिकाले सडकमा प्रगती गरेको र अब ती सडकको स्तरवृद्धि गर्दै बाह्रै महिना चल्ने सडक बनाउन बाँकी रहेको अध्यक्ष पुनले बताउनुभयो ।

सानिभेरी गाउँपालिका जस्तो निकै कष्टकर भुगोलमा पनि यसरी पाँच बर्षको कार्यकालमा २७८ किलोमिटर सडक तयार हुनु खुशिको कुरा भएको स्थानीय बलराम पुनले बताउनुभयो ।

फोटो सौजन्य : नारायण ओली

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  ११:०४
प्रतिक्रिया दिनुहोस्