Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनतासँग संवाद कार्यक्रम लिएर सानीभेरीका जनप्रतिनिधि गाउँगाउँमा

जनताले प्रश्न सोध्ने, जनप्रतिनिधिले जवाफ दिने
२०७८ चैत २४
tribeni2

रुकुम पश्चिम / जिल्लाको सानीभेरी गाउँपालिकाका जनप्रतिनिधिहरु जनतासँग संवाद कार्यक्रम दिएर गाउँ गाउँमा गएका छन् । पाँच बर्षे कार्यकालको समिक्षा सहित जनता माझ समिक्षा गर्नलाई यस्तो कार्यक्रम गरिरहेको गाउँपालिका अध्यक्ष नरबहादुर पुनले जानकारी दिनुभयो ।

कार्यक्रमको सहजिकरण महशुस मल्टिमिडियाले गरिरहेको छ । सानीभेरी गाउँपालिकाको पाँच बर्षे कार्यकालको समीक्षा गर्न तयार पारिएको जनता संवाद कार्यक्रम गाउँपालिकाको विभिन्न वडाहरुमा गरिरहेको महशुस मल्टिमिडियाका प्रतिनिधि नलेज के.सीले जानकारी दिनभयो ।

जनता संवाद कार्यक्रममा जनता र जनप्रतिनिधि बिच अन्तरक्रिया हुने गरेको छ । जनताले प्रश्न सोध्ने, जनप्रतिनिधिले आफ्नो कार्यकालमा गरेका कामहरु जानकारी दिएर आएका गुनासाहरुको सुनुवाई गर्ने गरिएको केसीले बताउनुभयो ।

बुधबार गाउँपालिकाको वडा नं ७ को छोटे बगरमा जनता संवाद कार्यक्रम सम्पन्न भएको छ । संवाद कार्यक्रममा गाउँपालिकाको वडा नं ७ का जनता र जनप्रतिनिधि बिच अन्तरक्रिया भएको बताईएको छ । कार्यक्रममा वडावासीले प्रश्नहरु जनप्रतिनिधि समक्ष राखेका थिए भने जनप्रतिनिधिले जनताका गुनासो र प्रश्नलाई जवाफ दिएका थिए ।

कार्यक्रममा सानिभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुन, उप प्रमुख इन्दिरा वलि, वडा अध्यक्ष कुल बहादुर बुढा लगाएतको उपस्तिथि रहेको थियो।

जनता संवाद कार्यक्रम यस अघि सानीभेरी गाउँपालिकाकाको वडा नं ३, ५ र ६ मा सम्पन्न भैसकेको जनाईएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १२:०४
प्रतिक्रिया दिनुहोस्