Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटको किटनीमा गाडि दुर्घटना, आठ जना घाईते

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका ७ किटनीमा गाडि दुर्घटना भएको छ ।

बिहिबार दिउँसो रुकुम पश्चिमको मुसिकोटबाट रुकुमकोट हुँदै काठमाडौको लागि छुटेको बस किटनीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

बा ३ ख ९६६५ नम्वरको यात्रुवहाक बस दुर्घटनामा परी ८ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते ८ जनाको अवस्था सामान्य रहेको छ ।

दुर्घटनामा कुनै पनि मानविय क्षति भने भएको छैन । प्रहरीका अनुसार उक्त बसमा २२ जना यात्रु रहेका थिए ।

बस सडकबाट हुत्तिएर सडक छेउको भित्तामा ठोक्किएको बताईएको छ । घाईतेहरुलाई उपचारको लागि जिल्ला सदरमुकाम ल्याईदै छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी नायव उपरिक्षक बिष्णु प्रसाद सोती सहितको टोली घाईतेहरुको उद्धारको लागि गएको छ ।

दुर्घटनाको कारण र थप विवरण आउन बाँकि रहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १४:०४
प्रतिक्रिया दिनुहोस्