Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा ९३ गणना क्षेत्रबाट दुई हजार तीन सय किसानको पुरा विवरण संकलन हुने

कृषि गणना सम्बन्धी सचेतना गोष्ठि सम्पन्न
tribeni2

रुकुम पश्चिम / राष्ट्रिय कृषि गणना २०७८ सम्बन्धी जिल्ला स्तरिय सचेतना गोष्ठि सम्पन्न गरिएको छ । बिहिबार जिल्ला कृषि गणना कार्यालय रुकुम पश्चिमले मुसिकोटमा सचेतना गोष्ठि सम्पन्न गरेको हो ।

‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार, कृषि योजना र विकासको मूल आधार, पारौँँ कृषि गणना २०७८ साकार’ भन्ने नाराका साथ आगामी बैशाख ६ गते देखि जेठ १९ गते सम्म हुने राष्ट्रिय कृषि गणनाको बारेमा जानकारी दिने उद्धेश्यले गोष्ठि आयोजना गरिएको जिल्ला कृषि गणना कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

कार्यालयका प्रमुख ठाकुर प्रसाद लामिछानेले कार्यक्रममामा कृषि गणनाको महत्व, आवश्यकता, प्रक्रिया बारेमा जानकारी गराउनुभएको थियो । उहाँले रुकुम पश्चिममा ९३ ओटा कृषि गणना क्षेत्र हुने जानकारी दिनुभयो । उहाँका अनुसार एक जना गणक बराबर २ वा ३ वटा गणना क्षेत्र हुनेछन् । पहिलो चरणमा १६, १७ हजार किसानहरुको सूचिकरण गरिने र २ हजार ३ सय किसानको पुरा विवरण संकलन हुनेछ ।

कार्यक्रममा प्रमुख लामिछानेले कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक पर्ने तथ्याङ्कको खाँचो पूरा गरी योजनाविद् र नीति निर्माताहरूलाई सघाउ पु¥याउने उद्धेश्यले कृषि गणना गरिने बताउनुभयो । उहाँले देशव्यापी रूपमा कृषकले चलन गरेको जग्गा, लगाएको बाली, पशुपन्छीपालन तथा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरणहरू उपलब्ध गराउने, कृषि सम्बन्धी राष्ट्रियस्तरका लक्ष्य र सूचक तथा दिगो विकास लक्ष्यहरुका सूचकहरुको लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउने, कृषि सम्बन्धी अन्य सर्वेक्षणका लागि आधार तयार गर्ने, समग्र कृषि तथ्याङ्कको स्तर बढाउने उद्धेश्यले पनि कृषि गणना गर्न थालिको बताउनुभयो ।

कृषि गणनामा घर परिवारले गरेको कृषि कार्य, संस्थागत कृषिकार्य (सरकारी, अर्धसरकारी, सहकारी, व्यवसायहरूले गरेका कृषिकार्य) र वडागत सामुदायिक कृषिसम्बन्धी क्रियाकलापहरू समेटिने छ ।

४५ दिन दिनको समयसिमा रहेको कृषि गणनामा पहिलो चरणमा गणकहरुद्वारा छानिएका गणना क्षेत्रका प्रत्येक व्यक्तिको घरदैलोमा पुगी तोकिएको न्युनतम मापदण्ड पुरा गरेका कृषक परिवारहरुको सूचीकरण कार्य गरिने बताईएको छ ।

दोस्रो चरणमा निश्चित तथ्याङ्कीय छनौट विधिबाट सुपरिवेक्षकहरुद्वारा छानिएका कृषक परिवारमा पुगी गणकहरुद्वारा कृषक परिवार प्रश्नावली फाराम मार्फत कृषकले चलन गरेको जग्गा तथा पशुपन्छीपालन, अन्यखेती, वातावरण लगायत विविध बिषयसम्बन्धी विस्तृत विवरणहरु संकलन गरिनेछ ।

कार्यालयका अनुसार कृषि गणनामा कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको जग्गाको क्षेत्रफल, मूख्य बालीहरूको उत्पादन र सिँचाइको विवरण लिइनेछ भने कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको संख्या र आहारसम्बन्धी विवरण, कृषि–कार्यमा संलग्न जनशक्ति, लिङ्गको आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाको बारेमा तथ्याङ्क संकलन गरिनेछ ।

त्यसैगरी कृषि वन, कृषि ऋण, बीमा, अनुदान, कृषिकार्यमा जलवायु परिवर्तनको प्रभाव, हरितगृह पद्धतिको प्रयोग, माटो परीक्षण, कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापन जस्ता विविध विषयहरुमा तथ्याङ्क सङ्कलन हुनेछ ।

 

 

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १४:०४
प्रतिक्रिया दिनुहोस्