नेभिगेशन
समाज

रुकुमका २८ जना पत्रकारको निशुल्क आँखा जाँच तथा उपचार

रुकुम पश्चिम / रुकुममा क्रियाशिल २८ जना पत्रकारहरुको आँखा जाँच गरिएको छ । नेपाल पत्रकार महासंघ रुकुमले छैटौं जिल्ला अधिबेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको कार्यकाल एक वर्ष पुरा भएको अवसरमा आयोजना गरेको निशुल्क आँखा जाँच तथा उपचार शिविरमा २८ जना पत्रकारको आँखा जाँच गरिएको महासंघले जनाएको छ ।

आँखा उपचार केन्द्र सल्लेमा पत्रकारहरुको निःशुल्क आँखा जाँच तथा उपचार गरिएको हो । महासंघका सचिव हिरा परियारले निशुल्क आँखा जाँच तथा उपचार शिविरमा जिल्लामा उपलब्ध क्रियाशिल पत्रकारहरुको आँखा जाँचका साथै औषधि उपलब्ध गराईएको बताउनुभयो । आँखा उपचार केन्द्र सल्लेको सहयोगमा शिविर सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।

एक औपचारिक कार्यक्रम आयोजना गरेर शिविर सञ्चालन गरिएको थियो । शिविर उद्घाटन कार्यक्रममा महासंघका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षता रहेको थियो भने स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख बिष्णुबहादुर बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेत्र ज्योती संघ रुकुम शाखाका सभापति शिवराम खत्री, सचिव टेकबहादुर कुसारी, आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर खत्री लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन सचिव हिरा परियारले गर्नुभएको थियो भने स्वागत मन्तव्य सदस्य परिचन्द्र खत्रीले राख्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज