Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा बाली तथा पशुपंक्षी बीमा अभिकर्ता तालिम

tribeni2

रुकुम पश्चिम / जिल्लाको मुसिकोटमा ३ दिने बाली तथा पशुपंक्षी बीमा अभिकर्ताको तालिम सुरु भएको छ ।

एनएलजी ईन्स्योरेन्स कम्पनि लिमिटेड रुकुम उपशाखाको आयोजनामा तालिम सञ्चालन भएको हो । तालिममा जिल्लाका ६ ओटै स्थानीय तहका कृषि तथा भेटेनरी प्राबिधिकहरुको सहभागिता रहेको छ आयोजक कम्पनिका उपशाखा प्रमुख मोहन बिसीले जानकारि दिनुभयो ।

कार्यक्रममा जोखिम, बीमाको सिद्धान्त तथा क्षेत्र, नीतिनियम, कृषि तथा पशुपंक्षी बीमा निर्देशिका २०७७, पन्क्षि बीमालेखा , पशुबीमा लेखा , अदुवा बेसार बीमा लेखा र सुन्तला जुनार र कागती बीमा लेखा सम्बन्धी प्रशिक्षण दिईने उपशाखा प्रमुख बिसीले बताउनुभयो । तालिममा २५ जना प्राबिधिकको सहभागिता रहेको बताएको छ ।

तालिमको सहजीकरण कृषि तथा पशुपंक्षी बिभागका प्रमुख समिर कुमार श्रेष्ठ, समेरा कार्की, बिबेक भण्डारि, बिजेशराज भण्डारीले गरिरहनु भएको छ । कृषि तथा पशु बीमा सहजकर्ता उत्पादन गर्ने उद्धेश्यका साथ तालिम सञ्चालन गरिएको आयोजकले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १३:०४
प्रतिक्रिया दिनुहोस्