Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कृषि गणनाको लागि तालिम सुरु

कृषि गणनामा १८ गणक र ५ सुपरिवेक्षक खटिने
२०७८ चैत २५
tribeni2

रुकुम पुर्व / रुकुम पुर्वमा ७ औ राष्ट्रिय कृषि गणनाको लागि सुपरिवेक्षक र गणकहरुको लागि तालिम सुरु गरिएको छ । राष्ट्रिय योजना आयोगको केन्द्रिय कार्यालय र कृषि कार्यालय रुकुम पुर्वको आयोजनामा तालिमको संचालन गरिएको हो ।

तालिममा जिल्लाका १८ जना गणक र ५ जना सुपरिवेक्षक गरि जम्मा २३ जनाको सहभागिता रहेको छ । तालिम चैत्र २५ देखि सुरु भैइ बैशाख ३ गते सम्पन्न हुने कार्यालय प्रमुख शतिसकुमार चौधरीले बताउँनुभयो । २०६८ को कृषि जनगणना अनुसार नेपालमा ८३५ ले नेपालमा कृषि पेसा गरिरहेको प्रमुख चौधरीले बताउनुभयो ।

तालीम उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले जिल्लामा रहेका प्रत्येक कृषकको घर घरमा पुगेर सत्यतथ्य डाटा संकलन गर्न आग्रह गर्नुभयो । उहँँले गणकहरुले लिएको डाटाको आधारमानै नेपालमा कतिले कृषि पेसा गरिरहेका छन् भन्ने थाहा हुने भएकोले घरमा बसेर फोनको भरमा भन्दा पनि प्रत्येक कृषकको घरमा पुगे मात्र सहि तथ्यांक आउने बताउनुभयो ।

कार्यालय प्रमुख सतिश कुमार चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कृषि जनगणनाका सुपरिवेक्षक सन्तोष मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सहायक कृषि जनगणना अधिकृत बिनोद शाहिले गर्नुभएको थियो । तालिम बैशाख ३ गतेसम्म संचालन हुने बताईएको छ ।

बि. स. २०१८ सालदेखि नेपालमा केन्द्रिय तथ्यांक बिभागले हरेक १०, १० बर्षमा राष्ट्रिय कृषि जनगणना संचालन गर्दै आईरहेको छ । तथ्यांक संकलनको लागि यही बैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म घर घरमा सुपरिवेक्षक र गनक खटिने भएकोले आफ्नो कृषि सम्बन्धि यथार्थ विवरण उपलब्ध गराउनको लागि कृषि कार्यालय रुकुम पुर्वले जिल्लावासीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १९:०४
प्रतिक्रिया दिनुहोस्