सोसल मिडिया
अपहरण काण्डमा फरार एकजनालाई बाँके प्रहरीले ६ बर्षपछि पक्राउ गरि सार्वजनिक गरेको छ । प्रहरीले जानकी गाउँपालिका–३ इन्द्रपुरका ५० बर्षिय मुल्ला भन्ने निजामुद्दिन साईलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
नेपालगन्ज उपमहामनगरपालिका–९ का २२ बर्षिय मुन्नु अन्सारीलाई अपहरणपछि नौ लाख रुपैयाँ फिरौती लिएको आरोपमा बाँके जिल्ला अदालतले साईलाई नौ बर्ष कैद र नौ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । अपहरण र फिरौती रकम लिएर साई फरार थिए । अपहरणमा परेका मुन्नुको अवस्था अझैँ अज्ञात छ ।
साईसहितका नौ जनालाई अदालतले कैद सजाय र जरिवाना सुनाएका मध्ये तीन जना भारतीय नागरिक छन् ।