Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूमेले गर्यो दाेस्रो चौमासिकको सार्वजनिक सुनुवाई

बिभिन्न सूचक मार्फत सेवा प्रवाहको प्रभावकारिता मापन
२०७८ चैत २७
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको भुमे गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ अन्तर्गत दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । आज पालिकाको वडा नम्बर ४ र ५ लाई लक्षित गरि ४ नं.वडाको काँडामा रहेको स्वास्थ्य चौकीमा सार्बजनिक सुनुवाइ गरिएको हो ।

सार्वजनिक सुनुवाइका क्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले गाउँपालिकाले यो चौमासिक अबधिभर गरेका विभिन्न गतिविधिहरुको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिकामा सेवा लिन आएका सेवाग्राहीहरुबाट विभिन्न सूचकहरुमा सेवा प्रवाहको प्रभावकारिता सर्वेक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले प्रतिबेदन मार्फत जानकारी गराउनुभयो । साथै सर्बेक्षणबाट नागरिकको जवाफ सकारात्मक पाइएको समेत उहाँले बताउनुभयो ।

सर्बेक्षणबाट भेटिएका नागरिकका असन्तुष्टिहरुलाई पहिचान गरि त्यसको समाधान खोजिने गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताउनुभयो । प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएता  पनि पालिकाको केन्द्रमा गरिने कार्यक्रमले वास्तविक रुपमा नागरिकहरुको आवाज नसमेटिने भएकाले जनताको गाउँघर सम्मै गएर सार्वजनिक सुनुवाइ गरिएको समेत बुढाले जानकारी गराउनुभयो ।

सार्वजनिक सुनुवाइका क्रममा नागरिकले कृषि, स्वास्थ्य र सडक पुर्वाधार लगायत बिभिन्न बिषयमा गुनासोहरु राखेका थिए । आएका गुनासोहरुको जवाफ गाउँपालिका अध्यक्ष बुढा, उपाध्यक्ष मनकुमारी बुढा बिष्ट, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख उपेन्द्र यादव र पुर्वाधार शाखा प्रमुख सन्तोष घर्ती लगाएत विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि ले दिनु भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १८:०४
प्रतिक्रिया दिनुहोस्