Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कारको ठक्करबाट तीन पैदल यात्रुको मृत्यु

tribeni2

बाँके / आइतबार राति नेपालगञ्जको बिपी चोक नजिक कारले ठक्कर दिंदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ ।

प्रदेश ३-०१-२३ च ८४८१ नम्बरको कारले ठक्कर दिंदा नेपालगञ्ज उपमहानगरपालिका-११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुधन न्यैपानोले जानकारी दिनुभयो ।

डिएसपी न्यैपानोका अनुसार सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगञ्ज पुर्याएका थिए । १५ मिनेटपछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रहरीले कार चालक नेपालगञ्ज उपमहानगरपालिका-१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको डिएसपी मधुसुधन न्यैपानोले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १०:०४
प्रतिक्रिया दिनुहोस्