सोसल मिडिया
रुकुम पूर्व / रुकुम पूर्वमा नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समितिको दोस्रो जिल्ला अबिधेशन सम्पन्न गरिएको छ । आज सिस्ने गाउँपालिका ६ छिप्रिदहमा दोस्रो जिल्ला अबिधेशन सम्पन्न गरिएको हो ।
अबिधेशनले जिल्लामा नेपाल ज्योतिष परिषदको नयाँ नेतृत्व समेत चयन गरेको छ । चेताराम उपाध्यायको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । परिषद्को उपाध्यक्षमा शोभाकर पौडेल, रिषिराम शर्मा र होमलाल शर्मा, सचिबमा सुमन आचार्य, सह सचिबमा मदन आचार्य र युवराज गौतम, कोषाध्यक्षमा बिष्णु देवकोटा र सहकोषाध्यक्षमा लाल ब. खत्री लाई चयन गरिएको छ ।
'हामीले धर्मको रक्षा गर्छौ, धर्मले हामीलाई रक्षा गर्छ' भन्ने भावनाका साथ जिल्लामा ज्योतिष परिषद्को स्थापना गरिएको ज्योतिष परिषद् लुम्बिनी प्रदेश सदस्य मदन शर्माले जानकारी दिनु भयो । बैद्धिक सनातन धर्मको रक्षा गरी धार्मिक सहिष्णुता कायम गर्नमा पनि ज्योतिष परिषद्ले टेवा पुर्याउने समेत शर्माले बताउनु भयो ।