Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेले पहिलो स्थानीय सरकारको कार्य प्रगति सार्वजनिक गर्यो

२०७८ चैत ३०
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पहिलो स्थानीय सरकारका तर्फबाट अहिलेसम्म सम्पादन गरेका कार्यप्रगतिको बिवरण सार्वजनिक गरेको छ । सिस्ने गाउँपालिकाको कार्यालयमा बुधबार एक कार्यक्रमका बिच सिस्ने सरकारले स्थापना कालदेखि हालसम्म गरेका कामकाजको बारेमा जानकारी गराएको हो ।

२०७४ असार १४ मा भएको स्थानीय तहको चुनावपछि गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, सरसफाई, सञ्चार, यातायात तथा पूर्वाधार विकासको क्षेत्रमा गरिएका उल्येख्य कामहरुको प्रगति प्रतिबेदन गाउँपालिका अध्यक्ष कुमारी बरालले प्रस्तुत गर्नुभएको थियो । प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष बरालले पहिलो स्थानीय सरकारले गरेका कामहरुबाट उत्कृष्ट उपलब्धिहरु हासिल भएकव बताउनुभयो ।

गाउँपालिकाले 'समृद्ध सिस्ने : हाम्रो गन्तव्य' भन्ने नारासहित दिर्घकालिन लक्ष निर्धारण गरेर काम थालनी गरेको र सुरुको आर्थिक वर्षमा गुरुयोजना निर्माण गरि एकीकृत गुरुयोजना निर्माण गरि गुरुयोजनालाई आधार मानेर कार्यक्रम तयार गरि कार्यान्वयन गरिएको समेत अध्यक्ष बरालले बताउनु भयो ।

आन्तरिक आय कम तर जनताको अपेक्षा बढी भएका कारण काम गर्ने क्रममा केही चुनौतीहरुको सामना गर्नु परेको गाउँपालिकाले बताएको छ । भौगोलिक कठिनाईका कारण पनि अपेक्षित रुपमा काम गर्न नसकिएको गाउँपालिकाले बताएको छ ।

सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा भएको कार्य प्रगति सार्वजनिकिकरण कार्यक्रममा पुर्व बाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोबर्द्दन बुढा, नेकपा माओवादी केन्द्रका वैकल्पि केन्द्रिय सदस्य मेघबहादुर श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव धनप्रसाद बुढा, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य उपेन्द्रलाल कामी, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहाल लगाएत वडाध्यक्षहरु विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि हरु साथै रुकुम पूर्व र पश्चिमका पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिका प्रवक्ता एवम् सिस्ने २ का वडा अध्यक्ष जीवन केसिले गर्नुभएको थियो ।।

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १५:०४
प्रतिक्रिया दिनुहोस्