Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रेम विवाह गरेकी युवती मृत अवस्थामा फेला

tribeni2

रुपन्देही / रुपन्देहीको तिलोत्तमामा एक युवतीको शव भेटिएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरकी २९ वर्षीया अमृता खत्री गएराति मृत भेटिएकी प्रहरीले जनाएको छ ।

अमृताको तिलोत्तमा नगरपालिका २ का प्रेम टण्डनसँग ७ वर्ष अघि प्रेम विवाह भएको थियो । अमृताका ५ वर्षीय छोरा छन् ।

अमृताका श्रीमान् प्रेम टण्डनलाई प्रहरीले पक्राउ गरेको छ । माइती पक्षले अमृताको हत्या भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्