Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नयाँ बर्ष, नयाँ योजना र प्रतिबद्धता

tribeni2

विक्रम संवत् २०७८ ले हामीबाट बिदा लिएको छ । आज नयाँ वर्ष २०७९ आजैबाट आरम्भ भयो । नयाँ वर्ष आरम्भ केवल भित्तेपात्रोको पाना पल्टनु मात्र होइन । नयाँ वर्ष नयाँ योजना हो, र प्रतिबद्धता पनि ।

यतिबेला वसन्तको पाउला फिरेको छ । उजाड जङ्गलसमेत हरियाली पलाएर प्रकृतिको वयलाई अर्थपूर्ण बनाएका छन् । बगैँचामा ढकमक्क फूल फुल्दै र झुल्दै छन् । माहुरीका लागि छानीरोजी रसहरू पउल हुँदैछन् । पुतलीहरू वसन्तका रङ्गमा रमाउँदै छन् । प्रकृतिको यो विशाल आँचलमा नयाँ वर्ष २०७९ ले हामी नेपालीलाई स्वागत गरेको छ ।

विक्रम संवत् हामी नेपालीका लागि समयचक्रको अविरल यात्रा हो । हाम्रो आधिकारिक पात्रो हो । हाम्रा राजकीय र व्यावहारिक सबै कार्यव्यवहार यसै संवत्अनुसार गरिन्छ । गएको वर्ष २०७८ असाध्यै जटिल अवस्थामा आरम्भ भएको थियो । कोरोना महामारीले जनवीवन भयभित र त्रसित थियो । कोरोनाले ज्यान थला पार्दै थियो । कतिको ज्यान लिइरहेको थियो । बन्दाबन्दीको त्रासले अर्थतन्त्रमा कालो बादल मडारिरह्यो । रोजगार गुमे । उत्पादन तहसनहस भयो ।

सन् २०१९ को अन्तिम घडीतिर चीनको वुहानमा उम्रिएको कोरोनाविरुद्ध संसारमै खोप व्यापक भए पनि नेपालमा कमिसनकै खेलमा चाँडो खोप आउन सकेन । राजनीतिक खिचातानीले सार्वभौम प्रतिनिधिसभा निशानीमा प¥यो । दोस्रोपटक सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापित ग¥यो । असार २९ गते नेपाली काँग्रेसका सभापति तथा काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्यो ।

अहिले जनजीवन लयमा फर्किएर मुलुक निर्वाचनको महायज्ञमा होमिएको छ । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सबै तयारी अगाडि बढिरहेका छन् । निर्वाचन आयोगले गर्नुपर्ने तयारीलाई अग्रता दिएको छ । राजनीतिक दलहरू आ–आफ्ना रणनीति बनाएर जनस्तरमा पुगिसकेका छन् । स्थानीय तह नागरिकको घरआँगनको सिंहदरबार भएकाले उम्मेदवारहरू चुनावी कार्यसूची तयार गर्दै मतदातामाझ छन् । निर्वाचनको माहोल अपूर्व ढङ्गले अगाडि बढिरहेको छ ।

नयाँ बर्षको सुरुवातको दिनलाई हर्षोल्लासका साथ मनाउने गरिन्छ । बर्षको श्री गणेश भएको दिनलाई स्मरणीय, मनोरञ्जनात्मक, खुशियालीपुर्ण बनाउने कोशिस गरिन्छ । यस दिनमा नयाँ योजना बनाउने, प्रतिबद्धता जनाउने पनि गरिन्छ । भित्ताको क्यालेन्डर फेरेर नयाँ पात्रो अनुसार चल्ने तयारी गरिनछ । समयको चक्रलाई कसैले रोक्न, छेक्न सक्दैन भनेर हामीलाई क्यान्डेर फेर्दै गर्दा पनि अनुभूत हुन्छ । समयको परिवर्तन सँगै प्रविधिमैत्री युगको आत्मसाथ, प्रविधिमैत्री योजना, सिर्जनात्मक र उत्पादनमुलक काम, सन्तुष्टि र खुशि मिल्ने कर्म वर्तमान मानव जीवनका महत्वपूर्ण योजना हुन सक्छन् । यसलाई आत्मसाथ गर्न जरुरी छ ।

नयाँ वर्ष २०७९ को यस पावन अवसरमा समस्त पाठक, विज्ञापनदाता तथा शुभेच्छुक सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्