Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मटेलाको झोलुङ्गे पुलबाट खसेर एक महिला घाइते

घाइतेको शरीरको बायाँ भाग चल्दैन, थप उपचारको लागि नेपालगन्ज लगिदै
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिम र जाजरकोट जोड्ने भेरी नदिमा रहेको झोलुङ्गे पुलबाट खसेर एक महिला घाइते हुनुभएको छ । जाजरकोटको भेरी नगपालिका २ रिसाङकी ५२ बर्षकी देवी पुन पुलबाट खसेर घाइते हुनुभएको हो ।

बिहिवार दिउँसो चौरजहारीबाट घर फर्कने क्रममा जिर्ण अवस्थामा रहेको पुलबाट खसेर घाइते भएको उहाँका छोरा प्रेमबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार पुलबाट खसेर भेरी नदिको छेउमा परेकी आमाको बायाँ तर्फको शरीर चलिरहेको छैन । उहाँको ढाडको करङ र दुबै खुट्टा भाचिएको बताईएको छ। घाइते देवी पुनलाई हिजो स्थानीय मेडिकलमा सामान्य उपचार गरिएको र आज थप उपचारको लागी नेपालगन्ज लिइएको छ ।

स्थानीय टोपेन्द्र विश्वकर्माले पुलका विभिन्न भागमा रहेका फ्ल्यागहरु झरेको र लगाएका काठहरु कुहिएर झप जोखिम भएको बताउनुभयो । पुल तर्ने क्रममा कुहिएको काठमा टेकेकी देवि पुन पुलबाट फुत्किएर नदि किनार परेको उहाले बताउनुभयो ।

जाजरकोटको भेरी नगरपालिका ११ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ जोड्ने मटेलाको पुल जिर्ण भएकोले मान्छे खस्ने अवस्थामा पुगेको हो ।
स्थानीय सन्देश शर्माले ऎतिहासिक मानिएको झोलुंगे पुल जिर्ण बन्दै जादा पनि सरोकारवालाको ध्यान जान नसकेको बताउनुभयो । पुल वारपार गर्ने बिद्यार्थीहरु समेत पुलको डंडी समातेर जोखिमपुर्ण यात्रा गर्न बाध्य भएको उहाँले जनाउनुभयो ।

बेला बेला टालटुल पारेर सरकारी बजेट सक्काउने गरेको स्थानीयको गुनासो छ । अहिले पुलमा लगाईएका फल्यागहरु टुटेका छन् भने वरिपरि लगाईएका तारजाली र डण्डि पनि फुत्किदै गएका छन् । पुलबाट दैनिकजसो मोटरसाइकलहरु आवतजावत गराउदा पनि पुल जिर्ण बन्दै गएको स्थानीयको भनाइ छ ।

उपचारको लागी नेपालगन्ज लैजादै गर्दा घाइते देवी पुन 

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्