सोसल मिडिया
अछाम / अछामको मंगलसेन नगरपालिकाको नगरप्रमुखमा नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट २७ वर्षिया केशरी रेग्मीले दावी गर्नुभएको छ ।
आगामी बैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा नयाँ भिजन र नयाँ जोस सहित नगरपालिकालाई समुन्नत बनाउने र नागरिकहरुका शिक्षा र स्वास्थ्य जस्ता आधारभुत आवश्यक्तालाई निशुल्क बनाउने उद्देश्यका साथ आफुले नगर प्रमुखमा दावी गरेको रेग्मिले बताउनुभयो ।
बिगत डेढ दशक अघि नै जिल्लाको अन्नपूर्ण उच्च माध्यामिक विद्यालयमा अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष भएर विद्यार्थी राजनीति सुरु गरेकि रेग्मी यतिबेला अनेरास्ववियूको केन्द्रिय उपाध्यक्ष तथा विश्वविद्यालायको इन्चार्ज र नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी अछामको उपसचिवको जिम्मेवारी कुशलताका साथ समाल्नुभएको छ । अनेरास्ववियुको २१ औँ राष्ट्रिय सम्मेलनमा आफ्नो प्रतिस्पर्धीलाई दोब्बर मतान्तरले पछि पार्दै सवै भन्दा कान्छी केन्द्रिय सदस्य भएकि रेग्मीले विद्यार्थी राजनीतिको लामो अनुभव संगाल्नुभएको छ । हरेक सकारात्मक सामाजिक कामहरुमा अग्रपंक्तिमा खटिने रेग्मीले वर्तमान समाज रुपान्तरण गर्न र नागरिकहरुको भविस्य निर्माण गर्ने कार्यहरुमा युवाहरुको भिजनले काम गर्न सहज हुने मान्यता राख्नुहुन्छ ।
गुणस्तरीय शिक्षा र निशूल्क स्वास्थ्य मा जोड, कृषिलाई आधुनिकरण, बेरोजगार युवाहरुको लागी स्वरोजगारको पहल, पर्यटनमा विकास, प्रत्येक नागरिकको घरमा बिजुली बत्ति, खेलकुद तथा संस्कृतिको जोगावट, उधोगको स्थापना र मंगलसेन नगरपालिकामा उत्पादन संकलन केन्द्र स्थापन गर्ने जस्ता महत्वपूर्ण विषयहरुमा मंगलसेन नगरपालिका र यहाँका नागरिकलाई समृद्धि बनाउने लक्ष्यका साथ नगरपालिकाको प्रमुखमा दाबी गरेको रेग्मीले बताउनुहुन्छ ।
साथै आफु नगरपालिकाको प्रमुख भएपछि भ्रष्टाचारलाई निर्मुल पारी सुशासन कायम गर्ने र महिला तथा बालबालिकाहरुको अधिकारको सुनिश्चिता गराउने अठोट बोकेको र सामाजिक विकास, सांस्कृतिक विकास लगायत नागरिकका समस्याहरुको पहिचान गरि दिगो समाधानका लागी प्रतिवद्ध छु रेग्मीले भन्नुहुन्छ ।
युवाहरुलाई सधैजसो राजनीतिमा भर्र्याङ् मात्रै बनाउने र जिम्मेवारी बहन गर्ने ठाउँमा पुरानै पुस्ता पुग्दा गाउँ समाज र देश जसरी परिवर्तन र विकासमा अघि आउन सक्नु पर्थ्यो त्यसरी अघि बढ्न नसकेको कारण यो स्थानिय तहको चुनावमा मंगलसेन नगरपालिकाका समृद्धिका आधारहरु र सिर्जनशील सोचहरु बोकेर मंगलसेन नगरपालिकामा दाबी गरेको रेग्मीको भनाई छ । सुदुरपश्चिमको अछाममा जन्मेर हुर्केकी रेग्मीले प्रष्ट विचार र सिधा शैली जस्ता बिशेषता कारण युवाहरुमा माझ ओझिलो छवि बनाउनुभएको छ । यस्तै उहाँ युवा पुस्ताहरुमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने एउटा अविचलित स्तम्भको रुपमा पनि चिनिनुहुन्छ ।