बैठकमा दाबी आ आफ्नै, गठबन्धन करिब नहुँने (यस्ता छन् दाबी)

रुकुम पश्चिम / शनिबार मुसिकोटमा भएको सत्तागठबन्धन दलहरुका बीचको पाँचौ बैठकमा दलका आ-आफ्नै अडान र माग दाबी रहँदा चुनावी गठबन्धन करिब नहुने अवस्थामा पुगेको छ ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएर प्रदेशमा सिफारिस गर्ने समय सीमा सकिनै लाग्दा सत्ता गठबन्धन दलहरू केन्द्रमै आफ्ना दाबी पठाउन मात्र सहमत भएका छन् । जसको कारण चुनावी तालमेलबारे ठोस प्रगति हुन सकेको छैन ।

बैठकमा आफ्नो दलको दाबीमा कोही पनि पछि नहटेपछि प्रदेश र केन्द्रमा लेखि पठाउने भन्दै बैठक टुंग्याएका छन् ।

बैठकमा कुन दलको दाबी के ?

बैठकमा माओवादी केन्द्रले पालिका प्रमुख बाहेकका अन्य पदहरुमा २०७४ को स्थानीय तह निर्वाचनको मतभार अनुसार सिट बाँडफाँड गर्नुपर्ने दाबी राखेको बताईएको छ । माओवादीले जिल्लाका ७३ ओटा वडा मध्य ५८ मा जितेको, ४ ओटामा मिश्रित परिणाम आएको सन्दर्भ अनुसार तालमेल गर्नुपर्ने माग दाबी राखेको छ । उसले जिल्लाका तीन नगरपालिका प्रमुख र उपप्रमुख र ३ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा आफ्नो दाबी पेश समेत गरेको छ ।

नेपाली काँग्रेसले २ ओटा नगरपालिका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, एक गाउँपालिका अध्यक्ष, एक नगर उपप्रमुख, दुई गाउँपालिका उपाध्यक्ष र ३० ओटा वडा अध्यक्ष पाउँनु पर्ने दाबी राखेको बताईएको छ ।

त्यसैगरी नेकपा (एकिकृत समाजवादी) ले एक पालिका प्रमुख, दुई वा सो भन्दा बढी उप प्रमुख र १९,२० ओटा सम्म वडा अध्यक्ष पाउँनुपर्ने दाबी राखेको थियो । त्यसैगरी जसपाले एक ओटा पालिका उप प्रमुख सहित ११ ओटा वडा अध्यक्ष दाबी पेश गरेको थियो । बैठकमा राष्ट्रिय जनमोर्चाले एक वडा अध्यक्ष, ६ ओटा वडा सदस्य र जिल्ला समन्वय समितिमा महिला सदस्य पाउँनुपर्ने दाबी पेश गरेको छ ।

पटक पटकको बैठकमा साझा सहमति हुन नसकेपछि माग दाबी पेश गरिका बिषयहरु जस्ताकोतस्तै गठबन्धन संयन्त्रको कर्णाली प्रदेश स्तरिय संयन्त्र र केन्द्रमा पेश गर्ने निर्णय बैठकले गरेको छ । बैठकले प्रदेश तथा केन्द्रबाट आउने निर्देशन तथा निर्णय अनुसार अगाडि बढ्ने समेत निर्णय गरेको छ ।

बैठकको निर्णयमा नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओली, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका, एकीकृत समाजवादीका अध्यक्ष हरिप्रसाद शर्मा, जनता समाजवादीका अध्यक्ष प्रशाराम खत्री र राष्ट्रिय जनमोर्चाको तर्फबाट गिरीप्रसाद बुढाले हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  ०६:०४
प्रतिक्रिया दिनुहोस्