Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एसिया कप नेपालमा

काठमाडौं ८ चैत
tribeni2
एसिया कप व्हीलचेयर क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । आयोजक व्हीलचेयर क्रिकेट संघ नेपालले बिहीबार पत्रकार सम्मेलन गरी अप्रिल अन्तिम साता प्रतियोगिता आयोजना गर्ने जानकारी गरायो ।
 
४ दिन लाग्ने प्रतियोगिता कीर्तिपुर टीयू क्रिकेट मैदानमा हुनेछ । ‘ग्राउन्डको समस्याले गर्दा मिति यकिन गर्न नसकिएको हो । हामीले गर्ने समयमा ग्राउन्ड बुक भइसकेको रहेछ ।’– आयोजक व्हीलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम ग्याल्जिन शेर्पाले भने– ‘ग्राउन्ड बुक गर्ने पक्षसंग हामीले कुरा गरिरहेका छौं । उहाँहरुको सकरात्मक जवाफ पाएका छौं ।’
 
प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र बंगलादेश गरी ४ राष्ट्रको सहभागिता रहनेछ । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा जम्मा ७ खेल हुनेछ । त्यसमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्ने छन् ।
 
अध्यक्ष शेर्पाले व्हीलचेयर क्रिकेटको एसिया कप नेपालमा मात्र नभइ विश्वमै पहिलो पटक हुन लागेको जानकारी गराए । संघकै आयोजनामा गत वर्ष टीयू क्रिकेट मैदानमा नेपाल, भारत र बंगलादेश सम्मिलित व्हीलचेयरकै त्रिकोणात्मक श्रृंखला भएको थियो । उक्त श्रृंखलाको उपाधि नेपालले जितेको थियो ।
 
पत्रकार सम्मेलनमा इन्टरनेसनल काउन्सिल फर व्हीलचेयर क्रिकेटका चेयरम्यान पाकिस्तानका मोहम्मद जिसान, उपाध्यक्ष भारतका हरुन रसिदलगायतको उपस्थिति थियो ।
 
जिसनकै अध्यक्षतामा बुधबार काउन्सिलको बैठक पनि बसेको थियो । बैठकले नै एसिया कप नेपालमा गर्ने निर्णय गर्नुका साथै काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय समेत गरेको अध्यक्ष शेर्पाले बताए ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५  ११:०३
प्रतिक्रिया दिनुहोस्