रुकुम पश्चिमका नगरप्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षले फेरि उम्मेदवार हुन नपाउँने

दोश्रो पटक उहि पदमा दोहोरिने बाटो बन्द

रुकुम पश्चिम / नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधीहरुलाई नदोहो¥याउने भएको छ । पहिलो स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधीमा चयन भएका नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई नदोहो¥याउने निर्णय गरेको हो ।

सोमबार मुसिकोटमा भएको स्थानीय निर्वाचन उम्मेदवार छनौट समितिको बैठकले प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई उम्मेदवारमा नदोहो¥याउने निर्णय गरेको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले जानकारी दिनुभयो । उम्मेदवार छनौट समितिका सदस्य समेत रहनुभएका रोकाले आसन्न स्थानीय तहको निर्वाचनमा पहिलो कार्यकाल पुरा गरेका तीन नगरपालिकाका प्रमुख, उपप्रमुख र तीन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई सोहि पदमा उम्मेदवार नदोहो¥याउँने निर्णय गरेको बताउँनुभयो ।

उम्मेदवार छनौटको मापदण्ड बनाउने क्रममा उक्त निर्णय भएको समेत उहाँले जनाउँनुभयो । यस निर्णयको कार्यान्वयन भएमा रुकुम पश्चिमका ६ स्थानीय तहका १२ जना जनप्रतिनिधिले यस पटकको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बन्न पाउँने छैनन् ।

स्थानीय तहको पहिलो निर्वाचनमा जिल्लाका ६ ओटै स्थानीय तहमा माओवादी केन्द्रबाटै उम्मेदवार बनेका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष निर्वाचित हुुनुभएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्