Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम काँग्रेस : परिचालनमा सभापति, प्रचारमा सचिव

tribeni2

रुकुम पश्चिम / नेपाली काँग्रेस रुकुम पश्चिमले आसन्न स्थानीय तहको निर्वाचन परिचालन तथा प्रचारको लागि विभिन्न समिति निर्माण गरेको छ ।

जिल्ला र नगर तथा गाउँपालिका स्तरिय निर्वाचन परिचालन र प्रचार प्रसार समिति बनाईएको नेपाली काँग्रेस रुकुम पश्चिमका सह सचिव यज्ञ बिष्टले जानकारी दिनुभयो ।

बिष्टका अनुसार जिल्ला स्थित पार्टी कार्यालयमा सम्पन्न जिल्ला कार्य समितिको पाँचौ बैठकले सभापति प्रेम प्रकाश ओलीको संयोजकत्वमा १५१ सदस्यीय जिल्ला निर्वाचन परिचालन समिति बनाएको छ । यस समितिले जिल्लामा निर्वाचन लक्षित परिचालन सम्बन्धिका कामहरु गर्ने बताईएको छ ।

त्यसैगरी जिल्ला पार्टी सचिव परमेश्वर भण्डारीको संयोजकत्वमा प्रचार प्रसार समिति बनाईएको छ । प्रचार प्रसार समिति ५१ सदस्यीय रहेको सह सचिव बिष्टले बताउँनुभयो ।

यसका साथै हरेक नगर तथा गाउँपालिकामा नगर तथा गाउँ स्तरिय निर्वाचन परिचालन समिति बनाईएको छ । नगर सभापतिको संयोजकत्वमा नगरपालिका स्तरिय निर्वाचन परिचालन समिति र गाउँपालिका सभापतिको संयोजकत्वमा गाउँपालिका स्तरिय निर्वाचन परिचालन समिति बनाईएको हो ।

नगर तथा गाउँपालिकामा नगर तथा गाउँ स्तरिय प्रचार प्रसार समिति पनि बनाईएको काँग्रेस रुकुमले जनाएको छ । प्रचार प्रसार समितिको संयोजकमा सम्बन्धित नगर तथा गाउँपालिकाका पार्टी सचिवहरुलाई जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  ०८:०४
प्रतिक्रिया दिनुहोस्