Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

साफ च्याम्पियनसिप महिला फुटवलको उपाधी भारतलाई

काठमाडौं ८ चैत
tribeni2

साफ च्याम्पियनसिप महिला फुटबलको उपाधि भारतले जितेको छ । नेपाललाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै भारतले पाँचौंपटक साफको महिला फूटबलको उपाधि जितेको हो ।

विराटनगरको सहिद रंगशालामा भारतको जितमा डालिमा छिपर, ग्रेस डाङ्मयी र अन्जु तामाङले गोल गरे । नेपालकी सावित्रा भण्डारीले एक गोल फर्काईन् । नेपाल पहिलो, दोस्रो, तेस्रो र पाँचौ संस्करणको उपाधि भिडन्तमा फाईनलमा भारतको सिकार बनेको हो ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर साबित्रा भण्डारी नेपालका लागि सर्वाधिक गोल गर्ने दोस्रो महिला खेलाडी बनेकी छिन् ।

साफमा ४ गोल गरेकी साबित्राले नेपालको लागि कुल २६ अन्तराष्ट्रिय गोल गरेकी छिन् । साबित्राले पूर्व कप्तान जमुना गुरुङलाई पछि पार्र्दै सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेकी हुन् ।

जमुनाले नेपालको लागि २५ गोल गरेकी छिन् । नेपालको लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान पुर्व कप्तान अनु लामाको नाममा रहेको छ । अनुले ३५ अन्तराष्ट्रिय गोल गरेकी छिन् ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५  २२:०३
प्रतिक्रिया दिनुहोस्