Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारी मेयरको उम्मेदवारमा प्रेमबहादुर ओली सर्वसम्मत

वर्तमान आवश्यकता र जनमतको मागको आधारमा सर्वसम्मत उम्मेदवार सिफारिस
tribeni2

रुकुम पश्चिम / आसन्न स्थानीय तह निर्वाचनको लागि रुकुम पश्चिमको चौरजहारी नगरपालिका प्रमुख र उपप्रमुख लागि नेपाली काँग्रेसले सर्वसम्मत उम्मेदवार टुंगाएको छ ।

चौरजहारी नगर कार्यसमितिको मंगबार बसेको बैठकले प्रमुखमा प्रेम बहादुर ओली र उप प्रमुखमा दीपा डाँगी खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नगर कार्य समिति सचिव लक्ष्मण ओलीका अनुसार वर्तमान आवश्यकता र जनमतको मागको आधारमा उहाँहरुलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको हो । निर्णय गर्नुअघि नगरका सबै वडा सभापतिहरुको राय बुझिएको र १४ वटै वडा सभापतिहरुले नगर प्रमुखमा प्रेम बहादुर ओलीकै नाममा सहमति जनाएकाे बताइएकाे छ ।

नगर प्रमुख पदका लागि सिफारिस हुुनुभएका ओली नेपाली कांग्रेस चौरजहारीका नगर सभापति पनि हुनुहुन्छ । वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुको छनौट लागि छलफल भैरहेकोले भोली सम्म टुंगाएर जिल्लामा सिफारिस गरिने बताईएको छ ।

यस अघि नेपाली काँग्रेस बाँफिकोट गाउँ कार्यसमितिले अध्यक्ष पदमा जनक कुमार बाँठामगर र उपाध्यक्षमा नन्द केसीलाई, त्रिवेणी गाउँ कार्यसमितिले अध्यक्षमा अमरसिं खड्का र उपाध्यक्षमा सृष्टि बाँठामगरलाई र सानीभेरी गाउँपालिकामा गोरख बहादुर चन्दलाई अध्यक्ष पदका लागि सर्वसम्मत रुपमा सिफारिस गरिसकेको काँग्रेसले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्