Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

tribeni2

रुकुम पश्चिम / संगठनको ३२ औं स्थापना दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन रुकुम पश्चिमले अस्पतालका विरामीलाई फलफूल वितरण गरेको छ ।
बुधबार जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको संगठनले जनाएको छ ।

अस्पतालमा पुगेर भर्ना भएका २० बिरामीहरुलाई स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरिएको संगठनका जिल्ला अध्यक्ष खिमप्रकाश शाहले जानकारी दिनुभयो ।

कार्यक्रमको सुरुवातमा संगठनका केन्द्रीय अनुशासन आयोगका सदस्य प्रकाश खड्काले संगठनको स्थापना, उद्धेश्य र संगठनले ३२ बर्षसम्मको अवधीमा गरेका क्रियाकलाप तथा उपलब्धिको बारेमा बताउँदै नयाँ बर्ष २०७९ को शुभकामना तथा बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष खिमप्रकाश शाह, संगठन केन्द्रिय अनुशासन आयोगका सदस्य प्रकाश खड्का, स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णु बहादुर बुढाथोकी, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका निवर्तमान केन्द्रिय सदस्य डेविड रावल, जिल्ला अस्पतालमा कार्यरत बिशेषज्ञ डा. केहल बिक्रम जिसी, संगठन कर्णाली प्रदेश कमिटीका सदस्य टोपजंग खत्री लगायतको उपस्थिति रहेको थियो ।

यस्तै पेशागत महासंघ जिल्ला कार्यसमिति अध्यक्ष दिपक बिष्ट, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका जिल्ला उपाध्यक्ष तुलबिर बिक पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्