Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणीको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको निर्णय भएको छैन : काँग्रेस जिल्ला सह–सचिव

गाउँपालिकाको निर्णय सर्वसम्मत हो : गाउँपालिका सचिव
tribeni2

रुकुम पश्चिम / नेपाली काँग्रेस त्रिवेणी गाउँपालिकाले मंगलबार सिफारिस गरेका स्थानीय तह निर्वाचनका उम्मेदवारहरु आधिकारिक नभएको भन्दै जिल्ला समितिका एक पदाधिकारीको विज्ञप्ती सार्वजनिक भएको छ ।

नेपाली काँग्रेस जिल्ला समितिका सह–सचिव प्रेमबहादुर खड्काले एक विज्ञप्ती सार्वजनिक गरेर सर्वसम्मत उम्मेदवार सिफारिस भएका भनिएका अध्यक्ष पदका उम्मेदवार अमरसिं खड्का र उपााध्यक्ष पदका उम्मेदवार सृष्टि बाँठा मगरको निर्णय कपोलकल्पित र झुठ्ठा भएको जनाउँनुभएको छ । उहाँले अरु पनि इच्छुक उम्मेदवार रहेको र छलफलको क्रममा रहेको भन्दै अनावश्यक हल्लाको पछि नलाग्न अनुरोध गर्नुभएको छ ।

सहिद परिवार, लामो समय पार्टीमा लगानी र त्याग गरेका व्यक्तिहरुको समेत नाम चर्चामा रहेकोले आवश्यक छलफल भैरहेको तर सर्वसम्मत भनेर अध्यक्ष र उपाध्यक्षको नाम सार्वजनिक गरिएको प्रति उहाँले आपत्ति जनाउँनुभएको छ ।

गाउँपालिकाको निर्णय सर्वसम्मत हो : सचिव

यस बिषयमा त्रिवेणी गाउँपालिकाका सचिव सन्तोष ओली गाउँपालिकाले सर्वसम्मत निर्णय गरेको प्रष्ट पार्नुभयो । उहाँले सम्भावित सबै उम्मेदवारहरुको सहमतिमै उम्मेदवारको निर्णय भएको र अरु कसैको वहकाउमा लागेर दुश्प्रचाार नगर्न समेत अनुरोध गर्नुभयो ।

ईच्छुकहरु हुनु स्वभाविकै भएको तर पार्टीलाई एक बनाएर जित हाँसिल गर्न एक जना मात्र उम्मेदवार जिल्लामा निर्णय गरी पठाएको सचिव ओलीले बताउँनुभयो ।

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्