Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमको सिम्रुतु बजार देखि खारानेटा सम्मको बाटो बन्द हुने

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर २ को सिम्रुतु बजार देखि वडा नम्वर ६ को खारानेटा सम्मको बाटो बन्द हुने भएको छ ।

भोलि बिहिबार ८ गते देखि बैशाख १४ गते सम्म बाटो बन्द हुने जिल्ला प्रशासन कार्याल रुकुम पश्चिमले जनाएको छ । सडक कालोपत्रे गर्नुपर्ने भएकोले बन्द हुने प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे बताउनुभयो ।

सडक डिभिजन कार्यालय चौरजहारीले उक्त सडक कालोपत्रे गर्न लागेको जानकारी कार्यालयमा गराएकोले उक्त क्षेत्रमा आवागमन बन्द हुने जानकारी प्रशासनले गराएको हो । बिहान १० बजे देखि साँझ ४ बजे सम्म सडक बन्द हुने र उक्त समय भन्दा अघि वा पछि आवागमन सुचारु हुने जनाईएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्