Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यी हुन् एमाले रुकुमले सिफारिस गरेका चुनावी उम्मेदवार

tribeni2

रुकुम पश्चिम / नेकपा एमाले रुकुम पश्चिमले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवार टुंगो लगाएको छ ।

आज बुधबार जिल्लाको बागबजार स्थित पार्टी कार्यालयमा बसेको पार्टीको बैठकले जिल्लाका तीन नगरपालिकाको प्रमुख र उपप्रमुख र तीन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको लागि उम्मेदवार टुंगो लगाएको हो । टुंगो लगाएका उम्मेदवारहरुलाई चुनावको टिकटको लागि प्रदेश कार्यालयमा सिफारिस गरिने बताईएको छ ।

नेकपा एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीका अनुसार मुसिकोट नगरपालिकाको प्रमुखमा थलबहादुर ओली र उप प्रमुखमा चन्द्री महतरालाई उम्मेदवार सिफारिस गरिएको छ ।

चौरजहारी नगरपालिकाको नगर प्रमुख पदको लागि टंक प्रसाद ओली र उपप्रमुख पदको लागि डण्डी कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

त्यसैगरी आठबिसकोट नगरपालिकामा दिनेश चन्दलाई नगर प्रमुख र कृष्णा कुमारी मल्लाई उपप्रमुख पदको उम्मेदवार सिफरिस गरिएको छ ।

जिल्लाको सानीभेरी गाउँपालिकाको अध्यक्ष पदको लागि युवा नेता प्रकाश खड्का र उपाध्यक्ष पदमा पवित्रा डाँगीलाई सिफारिस गर्ने निर्णय भएको छ ।

त्रिवेणी गाउँपालिकामा अध्यक्ष पदको लागि डिल्लीबहादुर ओली र उपाध्यक्ष पदको लागि धनकला बिष्टलाई उम्मेदवार सिफारिस गरिएको छ ।

त्यसैगरी बाँफिकोट गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा गणेश बहादुर केसी र उपाध्यक्ष पदमा देउमी पौडेललाई सिफारिस गर्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख ओलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्