Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वडा सदस्यको राजीनामा स्विकृत

२०७९ वैशाख ७
tribeni2

रुकुम पूर्व / आसन्न स्थानीय तहको चुनावमा पुनः उम्मेदवारी दिने भन्दै राजीनामा दिनुभएका यहाँका एक वडा सदस्यको राजीनामा स्विकृत भएको छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य रुद्रबहादुर बुढाथोकीले पदबाट राजिनामा दिनु भएको हो । वडाध्यक्ष समक्ष वडा सदस्य बुढाथोकीले वडा सदस्य पदबाट राजिनामा पत्र पेश गर्नु भएको हो आजै स्विकृत भएको हो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट बुढाथोकी वडा सदस्यामा निर्वाचित हुनु भएको थियो । नेकपा एमालेबाट अलग भई नेकपा (एकीकृत समाजबादी) बनेपछि बुढाथोकीले समाजबादी पार्टी रोज्नु भएको छ ।

बुढाथोकीले बुझाउनु भएको राजिनामा पत्रमा निर्वाचन आयोगको निर्णय बमोजिम पुनः उम्मेदवार दिनलाई बहालवाला जनप्रतिनिधिले राजिनामा दिनु पर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गरी राजिनामा पेश गरेको बताउँनुभयो ।

वडा सदस्यले दिनु भएको राजीनामा निवेदन वडाबाट स्वीकृत भइसकेको वडाध्यक्ष सुधन रेग्मीले जानकारी दिनुभयो । २०७४ सालको निर्वाचनमा उक्त वडामा वडाध्यक्ष रेग्मी मात्र नेकपा माओबादी केन्द्रबाट निर्वाचित हुनु भएको थियो । अन्य चार वडा सदस्य नेकपा एमालेबाट निर्वाचित भएका हुन् । जस मध्ये देवी ओली रुकुमपूर्वबाट रुकुम पश्चिम बसाइसराई गरी रुकुम पश्चिमबाट प्रदेशसभा सदस्य बन्नु भएको छ । भने बाँकी देवी कमेनी र बलबहादुर बुढा नेकपा एमालेमै रहनु भएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्