Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सुरु भयो फुलको मेला

काठमाडौं ८ चैत
tribeni2

फ्लोरीकल्चर एशोसियसनको आयोजनामा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा २२ औँ फ्लोरा एक्स्पो सुरु भएको छ ।

एक्स्पोको उद्घाटन गर्दै कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बालकुमारी चौधरीले पुष्प व्यवसायलाई औद्योगीक रुपमा विस्तार गरी त्यसबाट लाभ लिनुपर्ने बताईन् ।

नेपालको पुष्प व्यवसायको विकास, विस्तार तथा प्रबद्धन गर्ने उद्देश्यले प्रदेश नं. ३ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि ज्ञान केन्द्र ललितपुरसँगको संयुक्त सहकार्यमा एशोसियनले एक्स्पो आयोजना गरेको हो ।

एक्स्पो तीन दिनसम्म चल्ने एशोसियसनका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५  २२:०३
प्रतिक्रिया दिनुहोस्