Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा एक हजार बढी विद्यार्थीले एसईई दिने

२०७९ वैशाख ७
tribeni2

रुकुम पूर्व / आगामी शुक्रबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको लागि रुकुम पूर्वमा एक हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् ।

जिल्लाको तीन वटै पालिकाका आंशिक र ग्रेड वृद्धितर्फ गरी जम्मा एक हजार एक सय ३१ जना विद्यार्थीले एसइईको परिक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई रुकुम (पूर्व) ले जानकारी दिएको छ ।

एसइईका् परिक्षा दिने विद्यार्थीहरुमा छात्रा ५ सय ८५ जना र छात्र ५ सय ४६ जना रहेका छन् । यस्तै नियमिततर्फ एक हजार एक सय १६ र ग्रेड वृद्धितर्फ १५ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई रुकुम (पूर्र्व) का इकाई प्रमुख तिलक गौतमले जानकारी दिनुभयो । उहाँकाअनुसार नियमितफर्त ५ सय ७६ जना छात्रा र ५ सय ४० जना छात्र रहेका छन् । यस्तै ग्रेड वृद्धितर्फ ९ जना छात्रा र ६ जना छात्र रहेको इकाई प्रमुख गौतमले बताउनुभयो ।

प्राविधिक धारतर्फ भने ३३ जना विद्यार्थी रहेका छन् । जसमा छात्रा २५ जना र छात्र ८ जना रहेका छन् । परिक्षा यहि वैशाख ९ गतेबाट सुरु हुदैँ छ । परिक्षा सञ्चालनको लागि जिल्लामा परिक्षा केन्द्रसँगै केन्द्राध्यक्ष तोक्ने र केन्द्राध्यक्षलाई अभिमुखीकरण गर्ने काम सम्पन्न भएको इकाई प्रमुख गौतमले बताउनुभयो । प्रश्नपत्र र पेपर पनी केन्द्राध्यक्षलाई जिम्मा लगाइसकेको उहाँको भनाई छ ।

इकाई प्रमुख गौतमकाअनुसार जिल्लामा सिस्ने गाउँपालिका ३ को जनता मावि पोखरा, ५ को रुक्मिणी मावि, २ को हिमालय मावि नायगाड, पुथाउत्तरगंगा गाउँपालिका १० को महेन्द्र मावि तकसेरा, भूमे गाउँपालिका ६ को जनजागृती मावि महत र सिस्ने ६ को त्रिभुवन जनता मावि छिप्रीदहलाई परिक्षा केन्द्र तोकिएको छ ।

यस्तै केन्द्राध्यक्षहरु पोखरामा कलु खड्का, रुक्मिणीमा चन्द्रबहादुर मल्ल, नायगाडमा मोहनकुमार रोका, तकसेरामा खिमबहादुर बुढाथोकी, महतमा चन्द्रबहादुर बुढा र छिप्रीदहमा मोहनबहादुर केसीलाई तोकिएको छ ।।

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्