Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चोरीको मोटरसाइकल सहित वडा अध्यक्ष पक्राउ

tribeni2

जाजरकोट / मोटरसाइकल चोरी गरेको आरोपमा जाजरकोटका एक वडाध्यक्ष मोटरसाइकल सहित पक्राउ परेका छन् । जिल्लाको नलगाड नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल पुनलाई चोरीको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यहि वैशाख ४ गते नलगाड नगरपालिका १ कल्पत स्थित सडक बाटोमा सवारी धनि कागजात नभएको लु ५९ प ०२१७ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल चलाई ल्याई पार्किङ गरी राखेको भन्ने गोप्य सुचनाका आधारमा पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएको प्रहरी टोलिले उक्त मोटरसाईकल रीतपुर्वक बरामद गरी, चलाई ल्याई पार्किङ गरी राख्ने व्यक्तीको बारेमा अनुसन्धान गर्दै जाँदा वडाध्यक्ष पुन रहेको भनि खुल्न आएको हो । निज पुनलाई खोजतलास गर्ने क्रममा ६ गते नै पक्राउ गरी आवश्यक अनुसन्धानका लागी जिल्ला ल्याईएको प्रहरीले जनाएको छ । उनी अहिले प्रहरी हिरासतमा छन् ।

वडाध्यक्ष पुनले लामो समय देखि उक्त मोटरसाईकल चलाउँदै आएका थिए । तर उनी सँग उक्त मोटरसाईकलका कुनै कागजपत्र थिएनन् । वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै केरकार गरेको थिएन । उनले वडाध्यक्षमा फेरी दोहरिने इच्छा राखेका थिए ।

वडा अध्यक्ष पुनलाई जाजरकोट जिल्ला अदालतबाट दिन ७ को म्यादथप लिई यस विषयमा थप अनुसन्धान कार्य भई रहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्