Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तुलसीपुरका बिद्यालयमा प्रहरी सचेतना अभियान संचालन

tribeni2

दाङ / तुलसीपुरको एक बिद्यालयमा बुधबारदेखि सयुक्त प्रहरी सचेतता अभियान संचालन गरिएको छ। अस्थायी प्रहरी पोष्ट गोठिखोला टोल सुरक्षा समितिको आयोजनामा तुलसीपुर उपमहानगरपालिका ४ रक्षाचौर दाङमा रहेको श्री गुरु जजुर नमुना माध्यमिक बिद्यालयमा उक्त कार्यक्रम संचालन गरिएको हो ।

पछिल्लो समयमा दिनप्रति दिन सवारी दुर्घटनादेखि अन्य बिभिन्न दुर्घटनाहरु भैरहेको हुँदा आगामी दिनमा यस्ता घटनाहरु नघटुन भनि सचेतनाका लागि उक्त कार्यक्रम सचालन गरिएको हो ।

कार्यक्रममा बोल्दै अस्थाई प्रहरी पोष्ट गोठिखोलाका असई गिरबहादुर थापाले बिद्यार्थीहरु बिद्यालय आउँदा जादा बाटोमा हिड्दा ध्यानपुर्वक हिड्न आफू भन्दा स-साना भाइबहिनीहरुलाई पनि सक्षम बनाउन र नमुना बिद्यार्थी बन्न समेत आग्रह गर्नु भएको छ ।

विद्यार्थी आजका विद्यार्थी मात्र नभई भोलि देशका राष्ट्रसेवक पनि हुन त्यस कारण नकारात्मक गतिविधि नगर्न र समाजमा पनि यस्ता नकारात्मक गतिविधिका विरुद्धमा सशक्त आवाज उठाउनु पर्ने समेत थापाले बताउनु भयो ।

कक्षा १२ मा अध्यनरत बिद्यार्थीहरुले बिद्यालय क्षेत्रमा जेब्राक्रसिङ नभएको र ट्राफिक नियमको जानकारी भएको बोर्डहरु र जानकारी मुलक बिवरण नराखिएकाले बिद्यालय क्षेत्रमा सवारी साधनहरु तिब्र गतिमा आउने भएका कारण बढी दुर्घटना हुने भएकोले यस तर्फ ट्राफिक प्रहरीको ध्यानाकर्षण होस् भन्ने माग समेत गरेका छन् ।

उक्त कार्यक्रम अस्थाई प्रहरी पोष्ट गोठिखोलाका असई गिर बहादुर थापा, अस्थाई ट्राफिक पोष्ट गोठिखोलाका असइ जित बहादुर वली र कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुको उपस्थितमा संचालन गरिएको असई थापाले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्