Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा २३ केन्द्रमा चार हजार बढी एसिईईका परीक्षार्थी सहभागी हुने

tribeni2

रुकुम पश्चिम / भोली शुक्रबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुकुम पश्चिममा ४ हजार २ सय ३० जना विद्यार्थीहरु सहभागि हुँदैछन् ।

एसईईको लागि जिल्लाका बिभिन्न बिद्यालयहरुमा २३ केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तारा पुनले जानकारी दिनुभयो । परीक्षाको लागि नियमिततर्फ र ग्रेड वृद्धिका लागि २ हजार १ सय २ छात्र र २ हजार १ सय २८ छात्राले परीक्षा फाराम भरेका छन । तथा समन्वय इकाइले जनाएको छ ।

शिक्षा विकासस तथा मन्वय इकाइ प्रमुख पुनका अनुसार नियमिततर्फ साधारण अन्तर्गत ४ हजार १ सय ४४ जना र प्राविधिकतर्फ ४८ जना गरी ४ हजार १ सय ९२ जनाले र ग्रेडवृद्धितर्फ साधारण र प्राविधिक गरी ३८ जनाले एसईईको परीक्षा फाराम भरेका छन ।

सवै केन्द्राध्यक्षहरुलाई आवश्यक तालिम तथा निर्देशन दिएर परीक्षा सामाग्रीहरु सहित केन्द्रमा पठाइएको र परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेकोसे उहाँले उल्लेख गर्नुभयो।

कोभिड –१९ को महामारीको कारण दुई बर्ष यता एसईईको परीक्षा भौतिक रुपमा हुन नसकेपछि आन्तरिक मूल्यांकनबाटै भएको थियो । महामारीको संक्रमण करिब साम्य भएपछि भौतिक रुपमा परीक्षा गर्न लागिएको यो पहिलो पटक हो ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्