Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्ला सदरमुकाम खलंगामा बजार अनुगमन

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलगांमा बजार अनुगमन गरिएको छ ।
आज जिल्ला प्रशासन कार्यालय, मुसिकोट नगरपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त आयोजनामा खलंगा बजारमा रहेका बिभिन्न पसलहरुको अनुगमन गरिएको हो ।
खंलगाको तल्नो बजार, सहिद मैदान र पातुखोलामा रहेका २९ वटा होटेल, किराना तथा मासु पसल र डेरी पसल र एग्रोभेटहरुको अनुगमन गरिएको आयोजकले जनाएको छ।

थै आज नै २० वटा किराना पसल, ५ वटा मासु पसल तथा डेरी पसल र एग्रोभेट, ४ वटा होटेल तथा नास्ता पसलको अनुगमण गरिएको र बाँकी स्थानमा रहेका पसलहरुको भोली शुक्रबार अनुगमन गरिने आयोजकले बताएको छ ।

अनुगमनको क्रममा कतिपय पसलमा मुल्यसूची नराखेको, दर्ता नविकरण नगरेको, करचुक्ताको कागजात नभएको साथै म्याद गुज्रिएका सामानहरु समेत फेला परेको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुनले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुनको नेतृत्वमा गरिएको अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्का, स्वास्थ्य सेवा कार्यालयका डाक्टर भिमकान्त जैसी, नेपाल पत्रकार महासँघ रुकुम (पश्चिम)का अध्यक्ष लक्ष्मण केसी, रुकुम उद्योग बाणिज्य संघका अध्यक्ष पहलबहादुर खड्का लगायत सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्