Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयको उद्घाटन

२०७९ बैशाख ८
tribeni2

रुकुम पूर्व / रुकुम पूर्व जिल्लामा  आज मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयको उद्धघाटन गरिएको छ । जिल्लाका तीन वटै पालिकाहरुमा आज एकै दिन मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयको उद्घाटन गरिएको हो ।

जिल्लाको सिस्ने गाउँपालिकामा मुख्य निर्वाचन कार्यालय स्थापना गरि उद्धघाटन गरिएको छ भने भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा निर्वाचन कार्यालय स्थापना गरि उद्घाटन गरिएको छ ।

आजै सिस्ने गाउँपालिकामा स्थापना गरिएको मुख्य निर्वाचन कार्यालयको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले ब्यानर पढेर उद्घाटन गर्नुभएको छ । यस्तै भूमे गाउँपालिकामा स्थापना गरिएको निर्वाचन कार्यालयको लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास समिति सभापती आशा स्वर्णकारले उद्घाटन गर्नुभएको छ भने पुथाउत्तरगंगा गाउँपालिकामा स्थापना गरिएको निर्वाचन कार्यालयको निर्वाचन अधिकृत नारायणप्रसाद चाँपागाईले उद्घाटन गर्नुभएको छ ।

जिल्लाको सदरमुकाम रहेको सिस्ने गाउँपालिकामा रुकुमकोट जिल्ला अदालतका न्यायधिश सनतचन्द्र लवट मुख्य निर्वाचन अधिकृतको रुपमा खटिनुभएको छ । यस्तै भूमे गाउँपालिकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप सचिव विमलप्रसाद बराल र पुथाउत्तरगंगा गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत नारायणप्रसाद चापागाई निर्वाचन अधिकृतको रुपमा खटिनुभएको छ ।

मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालय उद्धघाटन कार्यक्रममा सम्बन्धित पालिकाका जनप्रतिनीधि, कर्मचारी, राजनितीक दलका प्रमुख एवम् प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । ३ गाउँपालिका र ३१ वटा वडा रहेको यस जिल्लामा स्थानीय तहको निर्वाचनका लागि ३५ वटा मतदान स्थल र ४९ वटा मतदान केन्द्र रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  २०:०४
प्रतिक्रिया दिनुहोस्