Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माओवादी केन्द्र चौरजहारीद्धारा सवै वडा अध्यक्षका उम्मेदवारहरु सिफारिस

 २०७९ बैशाख ९
tribeni2

रुकुम पश्चिम /  नेकपा माओवादी केन्द्र चौरजहारी नगरसमितिले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि सवै वडा अध्यक्षको उम्मेदवारहरुको नाम टुंगो लगाएको छ ।

बिहिबार चौरजहारीमा बसेको उम्मेदवार छनोट समितिको बैठकले पालिकाको सवै वडाका अध्यक्षका उम्मेदवारहरु टुङ्गो लगाई जिल्ला समन्वय समिति मा सिफारिस गर्ने निर्णय गरेको बताइएको छ।

जसमध्ये पालिकाको वडा नम्बर १ मा इन्द्र बहादुर गिरी, वडा नम्बर २ मा वीर बहादुर राना, वडा नम्बर ३ मा लाल बहादुर बुढाथोकी, वडा नम्बर ४ मा गोपाल भण्डारी, वडा नम्बर ५मा खुम बहादुर खड्का, वडा नम्बर ६ मा पुर्ण बहादुर रोकाय, वडा नम्बर ७ मा भीम प्रसाद जैसी, वडा नम्बर ८ मा शशिराम बि क, वडा नम्बर ९ मा महेश स्वर्णकार, वडा नम्बर १० मा बिरेन्द्र रोकायलाई उम्मेदवार सिफारिस गरेको छ ।

यस्तै वडा नम्बर ११ मा तुल्से ओली, वडा नम्बर १२ मा टिकाराम ओली, वडा नम्बर १३ मा श्रीकृष्ण शर्मा र वडा नम्बर १४ मा अतिराम बिष्टलाई सिफारिस गरेको नेकपा माओवादी केन्द्र चौरजहारी नगर समितिले जनाएको छ ।

यदि गठबन्धनको निर्णय कार्यान्वयन गर्नको लागि आवश्यक परेमा जोकोहीको पनि उम्मेद्वारी फिर्ता हुनसक्ने समेत निर्णय गरेको बताइएको छ ।
यस अघि नै चौरजहारी नगरपालिका प्रमुख र उपप्रमुखको नाम जिल्ला समितिले प्रदेशमा सिफारिस गरिसकेको छ । यो सगै चौरजहारीमा पनि सवै प्रस्तावित उम्मेदवारहरु सिफारिस भइसकेका छन ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  ०९:०४
प्रतिक्रिया दिनुहोस्