सोसल मिडिया
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामको विरोधका लागि विरोध हुने गरेको बताएका छन् । रुपन्देहीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले जस्तो काम गरेपनि विरोधकै लागि विरोध हुने गरेको बताएका हुन् ।
उनले सरकारको राम्रो कामको चर्चा हुन नसकेको बताए । प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीलाई विश्वंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गर्दा केही व्यक्तिहरूले चित्त दुखेको पनि बताएका छन् ।
प्रधानमन्त्री ओलीले सीके राउतले विखण्डन छाडेर र विकासको बाटोमा आउन सहमत भएको स्मरण गर्दै नेत्रविक्रम चन्द विप्लवलाई पनि शान्तिपूर्ण मार्गमा आउन सरकारले अपिल गरेको बताए । तर, विप्लव समूहले विध्वंसात्मक गतिविधि छाडेको छैन, प्रधानमन्त्रीले भने विप्लवलाई त्यसो नगर्नु भन्दा चित्त दुखाउनेहरू पनि छन्,