Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जन्मदर्ताको प्रमाणपत्र नदेखाई मन्दिरमा विवाह गर्न रोक

tribeni2

जुम्ला / जुम्लाको प्रसिद्ध धार्मिक स्थल चन्दननाथ मन्दिरमा विवाह गर्न जाने जोडीहरुले अनिवार्य रुपमा जन्मदर्ताको प्रमाणपत्र ल्याउनुपर्ने भएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्नेले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।

चन्दननाथ भैरवनाथ गुठी समितिका नायबसुब्बा रत्नप्रसाद आचार्यका अनुसार पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि मन्दिरमा अनिवार्य जन्मदर्ता प्रमाणपत्र चाहिने अवधारणा अघि बढाइएको हो । मन्दिरमा सुटुक्क विवाह गर्ने तथा उमेरको सोधी गरिँदैैन भन्ने सोचका कारण उमेर नपुगेकाले पनि मन्दिरमा विवाह गर्ने गरेको गुनासो आएपछि यो व्यवस्था गरिएको उहाँको भनाइ छ ।

अहिले उमेर पुगेका मात्र विवाह गर्न मन्दिरमा आउन थालेको समितिले जनाएको छ । विवाह गर्न आएकाहरूको अभिभावकलाई अनिवार्य उपस्थित हुन समितिले आग्रह गरेको छ । उमेर नुपगेकालाई सम्झाइबुझाइ गरेर अभिभावकको जिम्मा लगाउने गरिएको आचार्यले बताउनुभयो । यसरी सम्झाउँदा पनि अभिभावकले नमाने स्थानीय प्रहरी चौकीको जिम्मा लगाउने गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्