Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान

२०७८ बैशाख ०९
tribeni2

रुकुम पश्चिम / नेकपा एमाले मुसिकोट नगर कमिटीले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस र लेनिन जयन्तीको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

शुक्रबार मुसिकोट नगरपालिका क्षेत्रका ५१ जना जेष्ठ नागरिकहरूलाई सम्मान गरेको नेकपा एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्ण बहादुर ओलिले जानकारी दिनुभयो ।

जेष्ठ नागरिकहरुलाई बागबजार स्थित पार्टी कार्यालयमा दोसल्ला सहित अबिर लगाएर सम्मान गरिएको हो । नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य गोबिन्द केसी, जिल्ला कमिटि अध्यक्ष नन्दराम देबकोटा, जिल्ला कमिटि सचिवालय सदस्यहरु, किसान संघका नेता हेमराज श्रेष्ठ लगायतले जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुभएको हो ।

मुसिकोट नगर कमिटिका अध्यक्ष थल बहादुर ओलीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन जिल्ला कमिटि सचिवालय सदस्य धनबहादुर बिकले गर्नुभएको जनाईएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्