सोसल मिडिया
रुकुम पश्चिम / स्थानीय तह निर्वाचनको उम्मेदवारको लागि नेकपा (एकीकृत समाजबादी)ले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामाउम्मेद्वार टुंगो लगाएको छ ।
शुक्रबार आठबिसकोटमा बसेको नगर कमिटी बैठकले नगर प्रमुखमा हरिप्रसाद शर्मा र उपप्रमुखमा भगवती शाहीलाई उम्मेदवार सिफारिस गरेको हो । बैठकले केही वडाहरुमा वडा अध्यक्षको उम्मेदवार समेत चयन गरेको छ ।
जानकारी अनुसार वडा नम्बर ३ मा तारा नाथ योगि, ५ मा अमृता सार्की, ६ मा यज्ञराज खड्का, ९ मा खडानन्द रिजाल, ११ मा चन्द्र बहादुर बिक, १२ मा तेजेन्द्र बुढा मगर र १४ मा खम्मु मल्ललाई वडा अध्यक्ष सिफारिस गरिएको हो । बाकी वडाहरुमा सहमतिको आधारमा जिल्लामा सिफारिस गरिने बताईएको छ ।
त्यसैगरी आजै बसेको सानीभेरी गाउँ कमिटीको बैठकले सानीभेरी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा सन्तोष खड्का र उपाध्यक्षको उम्मेदवारमा भवानी खड्कालाइ अघि सार्ने निर्णय गरेर जिल्लामा सिफारिस गरेको छ ।
यस्तै कमिटीले पालिकाका केही वडा अध्यक्षका उम्मेदवारहरु पनि टुंगो लगाएको छ । वडा अध्यक्षका उम्मेदवारहरु मध्य वडा नम्वर ३ को अध्यक्षमा शशिराम पुन, वडा नम्वर ४ को अध्यक्षमा कालीबहादुर ओली, वडा नम्वर ५ मा हशंराज पुरी, वडा नम्वर ६ मा दिपेश बाँठा, वडानम्वर ८ मा ईन्द्र ओली, वडा नम्बर ९ मा दिपेन्द्र कुँवर र वडा नम्बर ११ मा तिलविर बुढाको नाम टुंगो लगाएर जिल्लामा सिफारिस गरिएको हो।
गाउँकमिटीले बांकी वडाहरुमा पनि वडा अध्यक्षहरुको उम्मेदवार टुङ्गो लगाउने र यदि गठबन्धनको निर्णय आएपछी जुनसुकै ठाउँमा उम्मेदवारि फिर्ता हुने निर्णय भएको पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद शर्माले बताउनुभयो ।