Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कालोमोसो दलेर फरार रहेका विप्लव कार्यकर्ता पक्राउ

२०७९ बैशाख १०
tribeni2

जाजरकोट / जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुखलाई कालोमोसो लगाउने नेकपा (विप्लव) समूह जाजरकोटका यूवा र विद्यार्थी संगठनका ईन्चार्ज सहित जिल्ला अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

अपमानजनक व्यवहार सम्बन्धी कसुर मुद्धामा फरार रहेका उक्त समुहको अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका जिल्ला संयोजक दीपेन्द्र सिंह, युवा संगठन जाजरकोटका संयोजक डिलबहादुर राना, यूवा संगठनका केन्द्रीय सदस्य एवं जाजरकोट ईन्चार्ज गोविन्द्र चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

२०७८ फागुन ३० गते जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक टिकाराम जैसीलाई कार्यकक्षमा बसिरहेको अवस्थामा भष्ट्राचार गरेको आरोपमा कालोमासो र जुत्ताको माला लगाएर अपमानजनक व्यवहार गरेर फरार रहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्