नेकपा एकिकृत समाजवादी पार्टीले छान्यो मुसिकोट र चौरजहारीका उम्मेद्वार

(एकीकृत समाजबादी)ले रुकुम पश्चिमको मुसिकोट नगरपालिका र चौरजहारी नगरपालिकामा उम्मेद्वार टुंगो लगाएको छ ।
२०७९ बैशाख १०

रुकुम पश्चिम / नेकपा एकीकृत समाजवादी पार्टी मुसिकोट नगर कमिटी र चौरजहारी नगर कमिटीले स्थानीय तहका उम्मेद्वारहरुको टुङ्गो लगाएको छ ।
शनिबार आ-आफ्नो पालिकामा बसेको उम्मेद्वार छनौट समितिले दुई नगरपालिकाका प्रमुख, उप-प्रमुख र सबै वडा अध्यक्षहरुका उम्मेद्वार टुङ्गो लगाएको हो ।

उम्मेद्वारहरुमध्य मुसिकोट नगरपालिकाको प्रमुखमा बिमलकुमार पुन र उपप्रमुखमा खिमा बिष्ट ओलिलाई अघि सारिएको नेकपा एकिकृत समाजवादी पार्टी मुसिकोट नगर कमिटीले बताएको छ ।

यस्तै मुसिकोट नगरपालिकाको वडा अध्यक्षहरुमा वडा नम्बर १ मा प्रजित बोहरा, २ मा हर्क थापा, ३ मा कृष्ण बहादुर केसि, ४ मा वसन्त गिरि, ५ मा रमेश भुसाल, ६ मा माधव गौतम, ७ मा लुद्र पुन, ८ मा रत्न बहादुर घर्ती, ९ मा सर्वजित खड्का, १० मा नेत्र रोकाय, ११ मा सुमिल पुन, १२ मा खिम बहादुर ओलि, १३ मा कर्ण रोकाय र १४ नम्बर वडामा तुलविर बिष्ट उम्मेद्वार रहेका छन ।

यसैगरी जिल्लाको चौरजहारी नगरपालिकाको प्रमुखमा पुस्तक चन्द र उप-प्रमुखमा सुशिला गिरिलाई अघि सारिएको नेकपा एकिकृत समाजवादी पार्टी उम्मेदवार छनौट समिति चौरजहारीले जनाएको छ ।

वडा अध्यक्षको उम्मेदवारहरु मध्य १ नम्बर वडामा वीर बहादुर गिरी, ३ मा यज्ञ बहादुर बटाला, ५ मा उर्मिला के सि, ६ मा लाल बहादुर बोहरा, ७ मा हुकुम बिसी, ८ मा मुक्ति बुढा, ९ मा शसिराम खत्री, १० मा धनबिर राणा, ११ मा टेक बहादुर बिक, १२ मा गगन बोहरा र १३ नम्बर वडामा प्रेम केसीलाई तोकिएको छ ।

साथै गठबन्धनको निर्णय कार्यान्वयन गर्न आवश्यक परेमा जो कोहीको पनि उम्मेद्वारी फिर्ता हुन सक्ने निर्णय समेत भएको पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद शर्माले बताउनु भएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  २०:०४
प्रतिक्रिया दिनुहोस्