सोसल मिडिया
रुकुम पश्चिम / जनता समाजवादी पार्टी रुकुम पश्चिमले आसन्न स्थानीय तह निर्वाचनको लागि नगर प्रमुख र गाउँपालिका अध्यक्ष पदका उम्मेदवारहरु सिफारिस गरेको छ । पार्टीले नगर प्रमुख र अध्यक्ष मात्र सिफारिस गरी कर्णाली प्रदेशमा पठाएको हो । जिल्लाबाटै पार्टीले उप प्रमुख र उपाध्यक्ष तोक्न सक्ने जनता समाजवादी पार्टी रुकुम पश्चिमले जनाएको छ ।
जसपाका जिल्ला अध्यक्ष प्रशाराम खत्रीका अनुसार पार्टीले मुसीकोट नगरपालिकाको प्रमुखका लागि प्रेम बोहरा र हेमराज बोहरालाई सिफारिस गरेको छ । चौरजहारीमा प्रशाराम खत्री, कुलबहादुर बिष्ट, नारायण गिरी र प्रेम आचार्य र आठबीसकोट नगरपालिकाबाट नवराज बुढालाई नगर प्रमुखका रुपमा सिफारिस गरिएको छ । अध्यक्ष खत्रीले बाँफिकोट गाउँपालिकामा शरुण बाँठामगर, त्रिवेणी गाउँपालिकाका लागि अमर ओली, दलबहादुर घर्ती, तारा घर्ती र देविलाल ओली र सानीभेरीको अध्यक्षका लागि टेकम बाँठामगर, भरत खत्री र मिमकुमार ओलीको नाम सिफारिस गरेको बताउनु भयो ।
गठनबन्धनमा हालसम्म सहमति जुट्ननसकेको अवस्थामा पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरिएको र सहमति भएमा सोही अनुसार हुने पार्टी अध्यक्ष खत्रीले बताउनुभयो ।