सत्तासाझेदार दलका बिच कर्णालीका आठ जिल्लामा मिल्यो भागबन्डा

रुकुम पश्चिम र सुर्खेतमा सहमति जुट्न सकस
 २०७९ बैशाख ११

कर्णाली प्रदेश / सत्तासाझेदार दलहरूको कर्णाली प्रदेशको आठ जिल्लामा गठबन्धनको भागबन्डा मिलेको छ । प्रदेशका दश जिल्ला मध्य रुकुम पश्चिम र सुर्खेत बाहेक अरु सवै जिल्लामा भागबन्डा मिलिसकेको गठबन्धन दलहरुले बताएका छन ।

अहिले सम्म हुम्ला, मुगु, डोल्पा, जाजरकोट, दैलख, कालीकोट, जुम्ला र सल्यानमा गठबन्धन दलबीच तालमेल गरेर चुनावमा जाने गरी सहमति भएको छ । बाँकी दुई जिल्लाको भागबण्डा मिलाउन सहमतिको लागि अन्तिम प्रयास भइरहेको पनि बताइएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोली मनोनयन दर्ताको मिति तोकेको थियो । तर दलहरु आन्तरिक छलफलमा रहेका कारण अहिलेसम्म मनोनयन दर्ता गरेका छैनन ।

सहमति जुट्ने र नजुट्ने अन्तिम निर्णय प्रदेश बाट आए सगैं दलहरु भोली मात्रै मनोनयन दर्ता गर्ने तयारीमा जुटेका छन ।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्