Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निर्वाचन अधिकृतका कार्यालयहरु सुनसान

मनोनयन दर्ताको पहिलो दिन गएनन् दर्ता गर्न दलहरु
२०७९ बैशाख ११
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका सवै निर्वाचन अधिकृतका कार्यालयहरु यतिवेला सम्म सुनसान रहेका छन ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आइतवार र सोमबार मनोनयन दर्ताको लागी भनेर मिति तोकेको थियो । तर अहिले सम्म कुनै पनि जिल्ला स्थित राजनीतिक दल मनोनयन दर्ता गर्न गएका छैनन् ।

सत्ता गठबन्धनमा रहेका दलहरु माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका दलहरु भने गठबन्धनको भागबन्डा नमिल्दा आन्तरिक अन्योलमा परेका छन ।

सत्तासाझेदारका दलहरु गठबन्धनको भागबन्डा मिलाउनकै लागी प्रदेश राजधानीमा सुर्खेतमा बैठक बसिरहेका छन , त्यसैले अन्तिम निर्णय आज साझ सम्म आएपछि भोली मनोनयन दर्ता गर्ने योजनामा छन् ।

आज मनोनयनको पहिलो दिन गठबन्धन बाहिरका दलहरु नेकपा एमाले, राप्रपा लगायतका दलपनि मनोनयन दर्ता गर्न गएका छैनन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्