Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेमा एमाले र काङ्ग्रेसको गठबन्धन

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा एमाले र काङ्ग्रेसले गठबन्धन गर्ने भएको छ
२०७९ बैशाख ११
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिकामा एमाले र काङ्ग्रेसले गठबन्धन गर्ने भएको छ । सत्ता गठबन्धनबीच तालमेल नभएपछि कांग्रेस एमालेले गठबन्धन गरेका हुन् ।
गठवन्धनबाट गाउँपालिको अध्यक्षमा नेपाली कांग्रेसका दत्तबहादुर बस्नेत र उपाध्यक्षमा एमालेका गोपाल रेउलेले उम्मेद्वारी दिने बताईएको छ ।

अध्यक्षका उम्मेदवार बस्नेतले आफ्नो पार्टीको भागमा परेको वडा सहित आजै उम्मेद्वारी दर्ता गराइसक्नुभएको छ । वडा नम्बर १, २, ४ र ५ नम्बर वडामा कांग्रेसको भाग लागेको छ । १ नम्वर वडाबाट कर्णबहादुर बुढा, २ बाट चंखबहादुर झाँक्री, ४ बाट खिमबहादुर केसी र ५ नम्बर वडाबाट विरेन्द्र बस्नेतले उम्मेदवारी दिनुभएको छ ।

एमालको भागमा परेको उपाध्यक्ष, ३, ६, ७ र ८ नम्बर वडाको उम्मेद्वारी भने परेको छैन । एमाले कांग्रेसले सिस्ने र भूमे गाउँपालिकामा पनि तालमेल गर्ने गरी निर्णय गरेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्